अनलाईन भाषण कला तालिम सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/बासद्वारा सञ्चालित अनलाईन भाषण कला तालिम सम्पन्न भएको छ ।

कोरोना कहर र लक डाउनको प्रभावका कारण घरमैं बसिरहेका व्यक्तिहरुलाई जुमका माध्यमबाट बासले बिभिन्न तालिमहरु सञ्चालन गर्ने क्रममा सो तालिम सम्पन्न गरेको हो ।

२०७७ असार ११ गते शुरु भएको तालिम असार १६ गते सम्पन्न भएको हो । बासका अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक, उत्प्रेरक कञ्चन घिमिरे प्रमुख अतिथीको रुपमा सहभागि भएका थिए ।
समापनमा बोल्दै घिमिरेले हरेक व्यक्तिलाई मर्न र बोल्न डर लाग्ने गरेको बताए । उनले भित्र हृदय देखि गरेका सबै कामहरुमा सफलता मिल्ने समेत बताए । सहभागि निशा गिरी र ईशारा बि.क.ले सञ्चालन गरेको समापन कार्यक्रममा सहभागिहरु सरला बिष्ट र जस्मिन शाहले तालिम प्रभावकारी भएको प्रतिकृया दिएका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले भाषणकलाका बिबिध बिषयहरुमा प्रशिक्षण दिएका थिए भने राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रभावकारी भाषणकलाका बारेमा असार १४ गते बिशेष प्रशिक्षण दिएका थिए ।

तालिम हरेक दिन जुमका माध्यमबाट साँझ ७.३० बजे देखि ८.३० बजे सम्म सञ्चालन हुने गरेको थियो । तालिममा अछाम, दैलेख, सुर्खेत, बाँके, बर्दिया, रौतहट, गोरखा, मकवानपुर, चितवन, धादिङ, कालिकोट, काठमाण्डौं लगाएतका ३० जना सहभागि रहेका थिए ।
यस अघि बासले निःशुल्क अनलाईन उद्घोषण तालिम जेष्ठ २७ देखि असार ७ गते सम्म सम्पन्न गरेको थियो ।

यसैगरी बासले आधारभुत उद्घोषण तालिम असार १४ गते देखि शुरु गरेको छ । असार २० मा समापन हुने तालिमको उद्घाटनमा बासका अध्यक्ष रमेश सिटौलाले युवाहरुको क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरेको बताए । बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले स्वागत गरेका थिए भने सहभागिहरु निशा गिरी र प्रकाश भण्डारीले अपेक्षा मन्तव्य व्यक्त गरेका थिए । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले अनुभव सुनाएको कार्यक्रम गैसस महासंघ नेपाल, बाँकेको सभाहलमा भएको थियो ।
बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतले तालिम सहजिकरण गरिरहेका छन् ।

  • १७ असार २०७७, बुधबार प्रकाशित

  • Nabintech