उप–महानगरपालिकाको ८ बुदें साझाँ प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । असार २२ गते । नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम असार २२ गते सम्पन्न भएको छ ।
स्वास्थ्य सर्तकर्ता तथा शारिरिक दुरी कायम गर्दै नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको हलमा सो सुनुवाई भएकोे हो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बासको सहजिकरणमा भएको सुनुवाईमा विभिन्न आठ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

सुनुवाईमा सहभागि नगरबासिहरु र सरोकारवालाहरु बिच झण्डै अढाई घण्टा भएको दोहोरो प्रश्नोत्तर पश्चात तयार पारिएका प्रतिबद्धताहरुको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । घोषणा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका भित्र निर्माणाधिन विभिन्न सडकहरुको गुणस्तरीयता कायम गर्ने, नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १८ को पानि ट्यांकि लगायत स्थानहरुमा अवैध क्रियाकलाप तथा लागु औषध प्रयोग गर्ने थलो बन्दै आएको भन्ने गुनासो आएकाले सो समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मुस्लिम टोल अगाडी रहेको पोखरीमा बिषादी जम्मा भएका कारण दूगन्ध सँगै स्वास्थ्य जोखिम समेत निम्तिएकाले सो बिषादी ब्यवस्थापनका लागि यथासक्य आवश्यक पहल गर्ने, उपमहानगरपालिकाको कार्यक्रम तथा बजेट विनियोजन गर्दा लक्षित वर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि आवश्यक योजना तयार गर्ने, उपमहानगरपालिका मार्फत कोरोना नियन्त्रण तथा ब्यवस्थापनका लागि भएको खर्च आम नागरिकहरुलाई थाहा हुनेगरी सार्वजनिक गर्ने, नगरभित्र बढिरहेको लागु औषध दूब्यसनि नियन्त्रणका लागि आवश्यक पहल गर्ने र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी टोलमा ढल निकासको समस्या रहेकाले एक हप्ता भित्र समाधान गर्ने प्रतिबद्धता गरिएको छ । यसरी गरिएका सझाँ सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा, उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अभिकृत ओम बहादुर खड्का, वडा अध्यक्षहरु तथा नगर कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका थिए ।
बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपाहानगरपालिकाले गरेको कार्यक्रम तथा उपलब्धीहरुको बारेमा जानकारी नगर प्रमुख डा. धवल शमसेर राणाले गरेका थिए । बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको सुनुवाईमा बासले गरेका नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको थियो । सुनुवाईको नेपालगन्ज स्थित रेडीयो सद्भाव एफ.एम. ९१.२ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो भने सुनुवाईको नेपालगन्ज स्थित जि नेपाल एचडी टेलिभिजनबाट समेत प्रशारण गरिने छ ।

  • २२ असार २०७७, सोमबार प्रकाशित

  • Nabintech