खजुरा गाँउपालिकाले गर्यो सामाजिक परिक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले सामाजिक परीक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल गरेको छ ।
खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा मंगलबार सामाजिक परिक्षण अन्तरगत सो कार्यक्रम गरेको हो । सामाजिक परिक्षणको शुरुवातमा बासका निर्देशक हेमराज भट्टले छलफल कार्यक्रम पूर्ब गरेका सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रत छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विशलेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निर्देशक भट्टले प्रश्तुत गरेको प्रतिवेदन अनुसार समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएकोछ । प्रतिबेदन अनुसार गाँउपालिका मार्फत सञ्चालीत योजना तथा कार्यक्रममा जनसहभागिताको कमी, कतिपय योजनाहरुमा सूचना पाटी नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी देखिएको छ । प्रतिबेदनले खजुरा गाँउपालिका सामाजिक रुपान्तरण गर्दै समृद्धिको दिशामा अग्रसर रहेको देखाएकोछ । प्रतिबेदन प्रश्तुतीकरण पश्चात बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा समृद्धिका आधारसहति निर्वाचन ताका गरेका वाचा पूरा गर्ने प्रतिबद्धता गरे । उनले अहिले ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधि नयाँ भएकाले केही समस्या हुनु स्वभाविक भए पनि संघीयतामा अहिलेका जनप्रतिनिधि संस्थापक भएकाले त्यही अनुसारको भूमिका निर्वाह गरिनु पर्ने बताए । उनले टुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै पुरा हुनेगरी योजनाहरु बनाईने बताए । गाँउपालिकाको हरेक योजना तथा कार्यक्रममा जनसहभागिता लाई बढावा दिने प्रतिबद्धता गरेका कक्षपतिले गाँउपालिकाको सूचना प्रवाहलाई थप प्रभावकारि बनाउदै हरेक कुराहरुमा पारदर्शिता ल्याउने प्रतिवद्धता जनाए । उपाध्यक्ष एकमाया विकले गाँउपालिकाका हरेक योजनाहरुको प्रभावकारि रुपमा अनुगमन गर्ने प्रतिबद्धता गरिन ।

यस्तै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आवश्यकता अनुसार कर्मचारी दरबन्दी नहुँदा कतिपय कार्यसम्पादनमा समस्या भएकोे बताए । खजुराले जनतासम्म सूचना पु¥याउन मोबाइल एपदेखि वेभसाइटको प्रयोग गरे पनि अब उप्रान्त त्रैमासिक रुपमा स्वस्फूर्त सूचना प्रकाशित गर्ने बताए । गाँउपालिकामा हेल्प डेक्सको छुट्टै व्यवस्थापन नभए पनि कर्मचारीबाटै सहयोगी भूमिका निर्वाह गरिएको उनको भनाई थियो । छलफलको क्रममा वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, ३ का अध्यक्ष कान्तुराम गौतम, कार्यपालिका सदस्य निशार अलि, विभिन्न शाखा प्रमुखहरुलेले सुझाव राखेका थिए ।
नियमति रुपमा सार्वजनिक सुनवाई गर्दै आएको खजुरा गाँउपालिकाले सामाजिक परिक्षणलाई समेत नियमित रुपमा निरन्तरता दिने अध्यक्ष कक्षपतिको भनाई थियो । बाँकेका ८ वटा स्थानीय तहमध्ये सामाजिक परिक्षण गर्ने खजुरा पहिले भएको छ । सामाजिक परिक्षण प्रारन्भीक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल कार्यक्रमको सञ्चालन बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । सामाजिक परिक्षण परिक्षक हेमराज भट्ट र छबीलाल सुनारले गरेका थिए ।

  • ३१ असार २०७७, बुधबार प्रकाशित

  • Nabintech