ईकाईसँग बास बाँके शाखाको अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज । श्रावण १ गते । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको बाँके शाखाले आज नेपालगन्ज उप महानगरपालिका ईकाईहरुसँग अन्तरक्रिया गरेको छ ।
बास बाँके शाखाको आयोजनामा बास केन्द्रीय कार्यालय स्थित सूचना केन्द्रको हलमा सो अन्तरक्रिया भएको हो । नेपालगन्ज उपहानगरपालिका भित्र गठित ईकाई पदाधिकारीहरुको सहभागिता रहेको अन्तरक्रियामा शाखाले नयाँ आर्थिक बर्षमा नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालन गर्ने अभियानको बारेमा छलफल भएको थियो । बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराले सञ्चालन गरेको अन्तरक्रियामा सहभागि ईकाई पदाधिकारीहरुले सुशासनको अभियानलाई थप सशक्त बनाउदै आफ्नो वडामा युवा अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरुले ईकाईले नयाँ योजना तयार पारेको भन्दै सो योजना शाखामा चाडै पठाउने बताएका थिए । अन्तरक्रिया कार्यक्रममा बासको स्थापना, भ्रष्टाचार बिरुद्धको अभियान, बासको सञ्जालीकरण, आगामी योजना तथा भ्रष्टाचार बिरुद्धको अभियानमा युवा सहभागिताका बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, कोषाध्यक्ष छबीलाल सुनार, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टले बोलेका थिए । अन्तरक्रियाले सुशासनको अभियानलाई थप सशक्त रुपमा अगाडी बढाउन बल पुग्ने सहभागिहरुको बिश्वास ब्यक्त गरेका छन् । बासले देशभरी शाखा, उपशाखा तथा ईकाई गठन गरि भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउदै आएको छ ।

  • १ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech