विधुतसंग सूचना माग

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपाल बिधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसंग बिभिन्न विषयमा सूचना माग गरिएको छ ।
नेपालगन्ज वडा नं. १२ बस्ने नमस्कार शाह, वडा नं. १० बस्ने मन भण्डारी, हेमराज भट्ट, रुपा चौधरी वडा नं. १८ का छविलाल सुनार र वडा नं. ४ का जनक थापाले सूचनाको हक सम्बन्धिको ऐन २०६४ को दफा ३ बमोजिम अध्यान प्रायोजनका लागि सूचना उपलब्ध गराउन बुधबार बिधुत कार्यालयसंग सूचना माग गरेका हुन् ।


निवेदकहरुले गर्मियाम बढेसंगै दिनहुँ विधुत अनियमित हुनुको कारण, नेपालगञ्जमा लोडसेडिंग छ कि छैन ?, छ भने कहिले देखि ? छैन भने झ्याप्प, झ्याप्प विधुत जानुको कारण के हो ?, एक दिनमा कति घण्टा विधुत काटिन्छ ? सो को अग्रिम सूचना उपभोक्तालाई किन दिईंदैन ?, यस्तो समस्या कहिले सम्म हो ? विधुत अनियमित हुनेवारेको सूचना प्रकाशन, प्रशारण गरिएको छ कि छैन ?, बिधुत कार्यालयको सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराइ पाउँ भनी सूचना माग गरेका छन् ।
सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको विषयमा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन राज्य र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ ले प्रत्येक नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको छ । सोहि हकको प्रयोग गर्दै सूचना माग गरिएको निवेदकहरुको भनाइ छ ।

  • ६ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech