न्यायको पक्षमा कामगर्ने मैनाको प्रतिबद्धता

असल शासन प्रतिनिधि

आर्थिक बर्ष २०७६/०७७ समाप्त भई आर्थिक बर्ष २०७७/०७८ को आगमन सँगै स्थानीय तहहरुले नयाँ योजना तथा कार्यक्रम तयार गरि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका छन् । देशको विकास र समृद्धि तब मात्रै सम्भव हुन्छ जब संविधानले प्रदान गरेका नैसर्गीक हक, राज्यका निर्देशक सिद्धान्त, मुल्यमान्यता, देशको आवश्यकता, अवस्था, जनसंख्या, भुगोल, प्रविधि, श्रोत, पुजि जस्ता पक्षहरु योजना निर्माणका सुचकहरु को आधारमा बजेट तथा कार्यक्रम बनाईन्छ । पछिल्लो समय कोरोना भाईरसले विश्वव्यापि महामारीको रुप लिईरहेका बेला नेपालका स्थानीय तहहरुले समेत कोरोना नियन्त्रणमा प्रभावकारि कार्य गरेको पाइन्छ । एकातिर कोरोना महामारि र अर्को तर्फ नयाँ आर्थिक बर्ष २०७७/०७८ को योजना तथा कार्यक्रम निर्माणको चटारोका बिच गुर्भाकोट नगरपालिकाले गरिरहेको कामका बिषयमा नगरपालिका उप–प्रमुख मैना बि.कसंग असल शासन डटकमका लागि छबीलाल सुनारले लिएको अन्तरबार्ताको सम्पादीत अंश यहाँ प्रश्तुत गरिएको छ :
गुर्भाकोट नगरपालिकाले के गर्दै छ ?
– नगरको विकास र समृद्धिलाई यथार्थतामा बदल्ने प्रयास नगरपालिकाले गरिरहेकोछ । जसका लागि प्रभावकारी र गुणस्तरिय सेवा प्रवाहमा लागि परेका छौं ।
नगरपालिकाका मुख्य कार्यक्रमहरु के के छन् ?
– गुर्भाकोट नगरपालिकाले शुसासन स्थापनाकालागि डिजिटल सुचना बोर्ड राखेकोछ, गुनासो सुनुवाई संयन्त्रको बिस्तार गरेकोछ, उजुरी पेटिकाको व्यवस्थापन गरेको छ । यसका साथै आम नागरिकहरुलाई नगरपालिकाको कामको बारेमा जानकारी गराउन सामाजिक लेखापरिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु गर्दै आएको छ । नगरपालिकाले सुचना अधिकारी तोकी सुचनाको हक प्रवद्र्धनमा काम गरिरहेको छ ।
गुर्भाकोट नगरपालिकाले गरेका राम्रा कामहरु के–के छन् ?
– जिन्सि तथा निरिक्षण शाखा र प्राविधिकहरुको लागत मुल्याँकन गर्ने काम भएकोछ, योजनाको गुणस्तरियता र प्रभावकारीतालाई थप प्रभावकारी बनाउन पहल भईरहेको छ । नगरपालिकाले लिएको शुन्य बेरुजु नीति पूर्ण रुपमा कार्यान्वयन गर्न प्रयासरत छौं । नगरपालिकाको प्रशासनीक खर्चलाई प्रभावकारी, मितव्ययी र नियन्त्रण गरिएको छ, नगरको सूचना प्रविधिलाई डिजिटल प्रणालीमा लैजादै चुस्त दुरुस्त सेवा प्रवाह भईरहेको छ, वडाहरु मार्फत घटना दर्र्ता लाई व्यवस्थीत गर्ने तथा सञ्चालीत योजना तथा कार्यक्रमहरुको तिन चरणमा अनुगमन गर्ने जस्ता कामहरु भईरहेका
छन् ।

नगरपालिकाको अनुगमन प्रणाली कस्तो छ ?
– नगर भित्र सञ्चालीत योजना तथा आयोजनाहरुको नियमित रुपमा अनुगमन र सुपरिवेक्षण गर्न अनुगमन समिति गठन गरि सक्रिय रुपमा काम गरिरहेकोछ ।
कोरोनाको महामारिबाट सिर्जित समस्या समाधानका लागि नगरको योजना के छ ?
देश तथा बिदेशमा कामका लागि गएका युवाहरु अहिले सबै गाँउ फर्किएका छन् जसका कारण उनीहरु बेरोजगार छन् यसरी रोजगारी गुमाएका ब्यक्तिहरुलाई लक्षित गरि नगरपालिकाले कृर्षी उत्पादन बढाउने, उद्यमशिल कार्य लाई प्रोत्साहन गर्ने कार्यका लागि बजेट विनियोजन गरेको छ भने कोरोना भाईरस बिरुद्ध अभियानहरु सञ्चालन गर्न आवश्यक योजनाका साथ अगाडी बढिरहेका छौं ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
– गुर्भाकोट नगरपालिका भित्र रहेका महिला, वालवालिका, द्धन्द्धपिडित, एकल, अपांग, असक्त, असहाय, जेष्ठ नागरिक, दलित, जनजाति तथा अल्प संख्यकहरुको हक र अधिकार स्थापित गर्दै न्यायमा पहँुच पु¥याउने सवालमा म निरन्तर लागिरहेकी छु । मैले न्यायीक समिती मार्फत अन्यायमा परेका ब्यक्तिहरुलाई न्याय दिलाउन सधै कटिबद्ध रहने मेरो प्रतिबद्धता रहेको छ ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech