झ्याप–झ्याप बिद्युत सप्लाई बन्द किन ?

असल शासन प्रतिनिधि

असल शासन डट कम । साउन ११ गते । अत्यधिक गर्मिका बिच बिना सूचना नेपालगन्जमा झ्याप झ्याप बिद्युत लाईन काटिन थालेपछि नेपालगन्ज बासिहरु हैरान भएका छन् ।
अहिले नेपालगन्जमा न त लोड सेडिङ्ग छ न बिद्युत सप्लाई बन्द हुने बारेमा नेपाल बिदुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट सूचना नै प्रकाशन भएको छ तर नेपालगन्जमा दैनिक दजनौ पटक बिद्युत सप्लाई काटिदै आएको छ । रातिको समयमा समेत बिना सूचना बिद्युतले मनोमानि रुपमा बिद्युत सप्लाई बन्द गरिदिदा नेपालगन्ज बासिहरु हैरान भएका छन् । बिगत केही दिन देखि नेपालगन्जको बिद्युत लाईन झनै अनियमित बन्दै गएको छ । आज बिहान देखि यो समाचार तयार पार्दा सम्म नेपालगन्जमा झण्डै १०/१२ पटक बिद्युत अनियमित रुपमा काटिएको छ । गर्मिको समयमा बिना सूचना झ्याप झ्याप बिद्युत सप्लाई बन्द हुदा घरमा बसिरहेका बालबालिकालाई समस्या हुने गरेको नेपालगन्जबासि बताउछन् । धेरै पटक बिद्युत आउने जाने गरेका कारण बिद्युतीय सामाग्रीहरुमा समेत क्षति भईरहेको छ ।
नेपालगन्जमा अनियमित रुपमा बिद्युत सप्लाई बन्द हुने सम्बन्धमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको टेलिफोन नम्बर ५२०२४२ र ५२०२४३ मा सम्पर्क गर्दा बिद्युत काटिनुको कारण बारे कर्मचारी नै अनबिज्ञ देखिन्छन् । बिद्युत किन काटिएको हो र कति समयमा आउछ भन्ने प्रश्न गर्दा कर्मचारीहरुलाई नै सहि सूचना नहुदा प्राविधिक कारण देखाई सेवाग्राहीलाई मनाउनुपर्ने बाध्यता देखिन्छ । बिद्युत सप्लाई बन्द भएको अधिकांस समयमा बिद्युत प्राधिकरणको टेलिफोन बिजी देखिन्छ भने कथम कदाचित फोन लागिहालेपनि प्राविधिक समस्या देखाई बिद्युतका कर्मचारीहरु पन्छीने गरेको पाईन्छ । फोनमा कर्मचारीले हरेक पटक दिने एउटै जवाफ हुन्छ तार चुडीएको छ, ग्रेट फेल भएको छ, फ्युज गएको छ । लामो समय बिद्युत सप्लाई बन्द भएको बेला नेपालगन्ज वितरण केन्द्रको फोन नम्बर बाट सहि सूचना प्राप्त नहुने र जिम्मेवार ब्यक्तिको सम्पर्क नम्बर लिन चाहदा दिन नमिल्ने जवाफ कर्मचरीहरुले दिने गर्दछन् ।
नेपालगन्ज नो लोडसेडिङ्ग एरिया हो तर पछिल्लो समय अघोषित रुपमा नेपालगन्जमा लोड सेडिङ्ग हुदै आएकोछ । नेपालगन्जमा अहिले ३० डिग्री भन्दा बढी गर्मि छ भने कोरोना भाईरसका कारण मानिसहरु घरबाट नै काम गर्दा बिद्युत अनिवार्य जस्तै भएको छ । यस्तो परिप्रेक्षमा अघोषित रुपमा हुने बिद्युत सप्लाई बन्द र झ्याप झ्याप रुपमा किन बिद्युत जान्छ स्पष्ट कारण नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले नेपालगन्जबासिलाई दिनु पर्ने माग बिद्युत ग्राहकहरुको छ ।

  • ११ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech