अवैध सुर्ति तस्कर पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज । अवैध रुपमा भारत देखि नेपाल तर्फ चोरी छिपी सुर्तिजन्य पदार्थ तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एबम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास खड्काले दिएको जानकारी अनुसार मंगलबार राति डुडुवा गाँउपालिकाको बेतहनीबाट तिन बोरा सुर्ति सहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरी टोलीले रात्रीको समयमा पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा बेतहनीका सियाराम केवट रहेको प्रहरीले जनाएको छ । उनको साथबाट १८ हजार बरावरको अवैध तिन बोरा सुपर पावर नियन्त्रणमा लिएको थियो, प्रहरीले सुपरपावर सँगै साईकल र पक्राउ पर्ने ब्यक्तिलाई नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech