सुदुरपश्चिम प्रदेशका नौ क्याम्पस स्तरोन्नतिको सूचिमा

असल शासन प्रतिनिधि

कैलाली । श्रावण १३ । सुदुरपश्चिमका विभिन्न नौ वटा क्पाम्पस नमुना क्याम्पसको रुपमा स्तरोन्नतिकालागि छनौट भएका छन् ।
प्रदेश सरकार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश भरीमा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि प्रश्तावना पेश गर्ने ४३ वटा क्याम्पस मध्ये नौ वटा छनौटमा परेका हुन । यसरी छनौटमा पर्ने क्याम्पसहरुमा अछाम बहुमुखि क्याम्पस, अछाम, महाकाली बहुमुखि क्याम्पस बेलौरी, कंचनपुर, घोडाघोडी बहुमुखि क्याम्पस, कैलाली, त्रिवेणी बहुमुखि क्याम्पस, डडेल्धुरा, केदारज्वतीकुन्ज बहुमुखि क्याम्पस, डोटी, दार्चुला बहुमुखि क्याम्पस, दार्चुला, सुनकुडा बहुमुखि क्याम्पस बझांग, बाजुरा बहुमुखि क्याम्पस बाजुरा र जगन्नाथ बहुमुखि क्याम्पस बैतडी रहेका छन् । छनौटमा परेका क्याम्पसलाई नमुना क्याम्पसको रुपमा विकास गर्न स्तरोन्नति गर्ने प्रदेश सरकारले जनाएको छ ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech