विपन्न परिवारहरुको आयआर्जनका लागि बाख्रा र कुखुराका चल्ला

असल शासन प्रतिनिधि

जनक थापा

बाँके/ बाँके युनस्को क्लब नेपालगञ्जले अति विपन्न परिवारहरुको आयआर्जनका लागि बाख्रा र कुखुराका
चल्ला वितरण गरेको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा क्लबले सो सहयोग गरेको हो ।

क्लबले मंगलवार क्लबको कार्यालय परिसरमा आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरीलेले ती विपन्न परिवारलाई बाख्रा र चल्ला हस्तान्तरण गरेका थिए ।

सो अवसरमा जिविकोपार्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई ६ लाख ८५ हजार रकम बराबरको प्रति परिवार ५ वटा पाठी बाख्रा र १ बोका सहयोग हस्तान्तरण गरिएको थियो । यसरी सहयोग प्राप्त गर्नेहरुमा राप्तीसोनारी गाउँपालिका वडानम्वर ७ की बुतैया थरुनी, दर्शना चौधरी, बिश्राम थारु, नेपालगञ्ज वडानम्वर २ की अफसाना खान, वडानम्र ६ का ईब्राहिम खाँ, वडानम्वर १६ का साकरुन जसगढ, जानकी गाउँपालिका वडानम्वर ३ कम कुम्भ बहादुर खड्का, खजुरा गाउँपालिका वडानम्वर ३ की शान्ति देबि सुनार, राज कुमारी दमाई, सिता सुनार रहेका छन् ।

यसैगरी क्लवले जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन कार्यक्रमबाट ५ विपन्न परिवारलाई २ लाख ५४ हजार ७५ रकमको चल्ला हस्तान्तरण गरिएको थियो । १ सयवटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खुवाउने फिडर, ३ वटा वाटर ड्रम प्रति परिवारलाई सहयोग गरिएको उक्त कार्यक्रममा सहयोग पाउनेहरुमा राप्तीसोनारी गाउँपालिका वडानम्वर ७ की बिदेशीया थरुनी, छोटक बहादुर थारु, गुल्पी थारु, बिनिता चौधरी र सुनिता थारु रहेका छन् ।

कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बिपन्न परिवारको उत्थानका लागि क्लबबाट भएको सहयोगको प्रशंसा गरे । उनले भने–यस सहयोगबाट लक्षित परिवारको आयआर्जन र जिबिकोपार्जनमा सहयोग पुग्नेछ ।

उहाँले यसैगरि जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सय वटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपियाँको वितरण गरिएको बताउनु भयो ।

राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगन्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको क्लबले जनाएको छ ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech