नेपालगन्ज १८ मा हाईमास्ट जडान

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा हाईमास्ट लाईट जडान गरिएको छ ।
नेपालगन्ज कोहलपुर सडक खण्डको कारकादो चौक र एसके पेट्रोल पम्प अगाडीको चौकमा दुई ओटा हाईमास्ट लाईट जडान गरिएको हो । वडा कार्यालयले विनियोजन गरेको १६ लाख ५० हजार बजेट बाट सो लाईट जडान गरिएको बताईएको छ । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा जडान भईरहेको हाईमास्ट लाईट निर्माण कै क्रममा रहेका बेला वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले मंगलबार सो हाईमास्ट लाईटको उद्घाटन गरेका छन् । हाई मास्ट लाईट जडानका लागि भारतको राजिस्थानबाट प्राविधिक टोली ल्याएर समयभित्रै जडान गर्न सफल भएको वडा कार्यालयले जनाएको छ ।
देश मै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाको बिपि चौकमा उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाको पहलमा हाईमास्ट लाईट जडान गरेको थियो । त्यस पछि अन्य वडाहरुमा समेत जडान गर्ने भन्दै वडाले लाईट जडानको शुरुवात गरेका थिए । वडा नम्बर १८ मा जडान गरिएको हाईमास्ट लाईट देशभरी कै वडा तहमा पहिलो भएको बताईएको छ । नगरका अन्य वडाहरुमा समेत जडानको कार्य भईरहेको भएपनि फाउण्डेसनको काम मात्रै अहिले सम्म सम्पन्न भएको पाईन्छ । वडा नम्बर १८ मा हाईमास्ट लाईट जडानसँगै अब नेपालमा तिन ओटा हाईमास्ट लाईट जडान भईसकेका छन् ।

  • १४ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech