आईतबार देखी बाँकेमा निषेधाज्ञा जारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / जिल्लामा कोरोनाको जोखिम बढ्दै गए पछि आइतबारदेखी जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखी तीन दीनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको सक्रमणलाई रोक्न निशेधाज्ञा उपयुक्त हुने निष्कर्ष सहित समितिले सो निर्णय गरेको हो । आज मात्रै भेरी अस्पताल नेपालगन्जमा भएको कोरोना परिक्षणमा नेपालगन्जमा २७ जनामा कोरोना पुष्ठी भएको थियो ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech