प्रीय भोटे चिया

असल शासन प्रतिनिधि

जति सहरिया चिजबिजको सम्पन्नता भएपनि
तिमी बिना मात्रै एक्लो महसुस गर्नेछु,
तिम्रो एक एक प्याला संगै गफिएका दिनहरु सम्झने छु
अनि फेरि मानसपटलमा आउने छन् तिम्रा ती यादहरु,
अनि फेरि सम्झनेछु तिम्रो त्यो रैथाने अड्डा ।

तिमीसङ्ग पहिलो पटक भेट हुँदा
तिमीलाई देख्न मन लागे पनि
तिम्रो उपभोग पट्टकै मन परेको थिएन,
तर अहिले तिमी प्रतिको सामिप्यता
कहिलै भुल्न नसक्ने भएको छु ।

कति रमाईला लाग्नेछ्न् ति दिनहरु
जुन दिनमा तिम्रो जति उपभोग गर्दा पनि,
तिमी झन झन भरिपुर्ण भएर आयौ
तिमी झन झन हट भएर आयौ
तिमी थरी थरीका फ्लेभर भएर आयौ ।

यि दिनहरुको लागि तिमिलाई धेरै धन्यवाद
प्रीय, भोटे चिया ।

  • बिनोद शर्मा
    डोल्पा

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • Nabintech