३६ बोत्तल कोरेक्स सहित तीन जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भन्सार छलेर भारतबाट अवैध तवरले आयात गरिएको कपडा प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँबाट इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले अवैध कपडा बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरी टोलीले शुक्रवार राती साढे १ बजे अवैध कपडा बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनले पाँच सय थान कुर्ता, एक सय थान टी–शर्ट र दुई सय थान कुर्ता–सुरुवाल बरामद भएको बताए ।

प्रहरीलाई देखेपछि ओसारपसारमा संलग्न ब्यक्ति फरार भएको बताउँदै उनले बरामद भएको कपडा नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

यसैगरी वडा प्रहरी कार्यालय नेपालगञ्जले लागुऔषध कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको छ । टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट शुक्रवार राती अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ बोतल प्रतिबन्धित कोरेक्ससहित पक्राउ गरेको जनाईएको छ ।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • Nabintech