भ्रष्टाचार बिरुद्ध युवा बिषयक राष्ट्रव्यापी निवन्ध प्रतियोगिता सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार बिरुद्ध युवा बिषयक राष्ट्रव्यापी निवन्ध प्रतियोगिता २०७७ को श्रावण १७ गते पुरस्कार बितरण गरिएको छ । बास केन्द्रीय कार्यालय नेपालगन्जले आयोजना गरेको प्रतियोगितामा बिजयी हुने प्रतियोगिहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका बिजेताहरु प्रथम बाँकेका निर्मल भुषाल, द्वितिय बर्दियाकी सावित्री गिरी, तृतीय बाँकेका शुसिल बि.के. र सान्तोना अछामका महेन्द्र बहादुर बयकलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतियोगिलाई पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापामगरले गरेकी थिईन् भने प्रतियोगिताका निर्णायकहरुलाई प्रशंसा पत्र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि थापाले लकडाउनको समयमा युवाहरुलाई सिर्जनशिल कार्यमा लाग्न बासले आयोजना गरेका कार्यक्रमले उत्प्रेरणा थपेको बताईन् । उनले देश परिवर्तनको मेरुदण्डको रुपमा रहेको युवा बर्गले भ्रष्टाचार नगर्ने प्रतिबद्धता सहित समाज परिवर्तनका लागि अग्रसर भएमा सुशासन कायम हुने बिश्वास ब्यक्त गरिन् । उनले भ्रष्टाचार बिरुद्ध युवाको भूमिकाका बिषयमा लेखेका कुरालाई ब्यवहारमा लागु गर्न प्रतियोगिहरुलाई अनुरोध गरिन् । कार्यक्रममा बोल्दै बासकी पूर्ब अध्यक्ष सिता बोहराले अध्ययन र लेखनले ब्यक्तिलाई सफल बनाउने भन्दै लेखनलाई निरन्तरता दिन युवाहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्णायक तथा कार्यक्रमकी अतिथी किरण आचार्यले भ्रष्टाचार बिरुद्ध युवाहरुको भूमिकाका बिषयमा लेखिएका निबन्ध उत्कृष्ट रहेको प्रतिकृया दिईन् । यसैगरी अर्का निर्णायक ईन्द्र भण्डारीले कुनै पनि प्रतियोगितामा सहभागिता जनाउदा त्यसको बिषयबस्तुका बिषयमा गहन अध्ययनका साथ सहभागि भएमा त्यसको परिणाम सकारात्मक आउने बताए ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल प्रतियोगिहरु निर्मल भुषाल, सावित्री गिरी र शुसिल बि.के.ले प्रतिकृया मन्तब्य व्यक्त गरेका थिए ।

बासका महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको प्रतियोगितामा स्वागत बासी केन्द्रीय सदस्य तथा प्रतियोगिताका संयोजक दिला शाहले गरेकी थिइन् भने प्रतियोगिताका बारेमा जानकारी तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । बासले आयोजना गरेको निबन्ध प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटा, किरण आचार्य र ईन्द्र भण्डारीले गरेका थिए । प्रतियोगितामा देशभरीबाट २५ जना प्रतियोगितहरुले सहभागिता जनाएका थिए ।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • Nabintech