किशोरी बलत्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

असल शासन प्रतिनिधि

असल शासन डटकम / गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट किशोरी बलत्कारको आरोपमा पक्राउ परेका छन् ।
आफ्नै वडाको १४ बर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अध्यक्ष ठाकुरकान्तलाई आरोप छ । अध्यक्ष ठाकुरले ति किशोरीलाई बिहे गर्छु भन्दै यस अघिपनि पटक पटक करणी गरेको जाहेरीमा पिडित परिवारले आरोप लगाएका छन् । आफूभन्दा झण्डै तेब्बर उमेरकी किशोरीलाई करणी गर्ने गरेको भन्ने परिवारले थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी गरेको बुझिएको छ । किशोरीका परिवारले प्रहरीमा जाहेरी दिएपछि ४७ बर्षीया अध्यक्ष रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पछि घट्ना बारे थप अनुसन्धान भइरहेको बताएको छ । अध्यक्ष रानाभाटलाई जबरजस्ती करणी को मुद्दा दर्ताको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech