बाँके राष्ट्रिय निकुन्जका दुई कर्मचारी घुस रकम सहित पक्राउ

असल शासन प्रतिनिधि

असल शासन डटकम / भ्रष्टाचार बिरुद्ध पछिल्लो समय आफ्नो सक्रियता बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बाँके राष्ट्रिय निकुन्जका २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई आएको टोटीले निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई घुस रकम सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले भट्टराई र रोकायको साथबाट नगद ३ लाख ४८ हजार र बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर सहित फक्राउ गरेको जनाएको छ । पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech