बाँकेमा थप चार दिन निशेधाज्ञा

असल शासन प्रतिनिधि

असल शासन डटकम ।
बाँकेमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि तिन दिनका लागि जिल्ला भर लगाएको निषेधाज्ञालाई थप चार दिनका लागि लम्व्याउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा कोरोना संकट व्यवस्थापन समिति (डिसीसीएमसी) का संयोजक राम बहादुर कुरुम्वाङ्गको संयोजकत्वमा भ्रखरै सम्पन्न समितिको बैठकले निषेधाज्ञालाई थप्ने निर्णय गरेको हो ।
बैठक पछि प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गले सामाजिक सञ्जाल मार्फत समुदाय स्तरमै कोरोना पोजेटिभ केस बडदै गएकोले आइतबार देखि जारी निषेधाज्ञा शनिबार राती १२ बजे सम्म जारी रहने गरि समितिको निर्णय भएको जानकारी गराएका छन् । पछिल्ला ५ दिनमा ६२ जनामा कोरोना सक्रमण पुष्टी भएपछि बाँकेमा तिन दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech