अख्तियारलाई एकपछि अर्को सफलता, घुसलिने कर्मचारी धमाधम नियन्त्रणमा

असल शासन प्रतिनिधि

असल शासन डट कम । पछिल्ला केही दिन यता सक्रियता बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्को सफलता हात पारेको छ । सोमबार मात्रै बाँके राष्ट्रिय निकुन्जका २ जना कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारले आज पुन राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय रानालाई घुस लिदालिदै पक्राउ गरेको छ ।

अख्तियारले दिएको जानकारी अनुसार रुपन्देहीका गुटखा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाले राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस रकम बापत दुई लाख रुपैया दिदै गर्दा रंगेहात परेका थिए । व्यवसायिसँग अनियमित रकम असुली गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा अख्तिायारको टोलि राजस्व अनुसन्धान कार्यालयमा पुगेको थियो । अख्तियारको टोली त्यहाँ पुगेपछि प्रमुख रानाले व्यवसायि झा बाट घुस रकम लिदै गर्दा पक्राउ परेका थिए । सो क्रममा घुस दिने व्यापारी अनिल कुमार झा समेत पक्राउ परेका छन् । राजस्व प्रमुख रानाले व्यवसायिबाट मासिक रुपमा अनियमित रुपमा रकम असुल्ने गरेको गुनासाहरु प्राप्त भएपछि उनी अख्तियारको निगरानीमा थिए ।
यस अघि सोमबार मात्रै बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय नगद ३ लाख ४८ हजार र बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर सहित पक्राउ परेका थिए ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech