जेलभित्र पस्यो कोरोना

असल शासन प्रतिनिधि

असल शासन डटकम । बाँकेमा आज १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको पिसीआर ल्याबमा गत २४ घण्टामा गरिएको परीक्षणमा कारागार कार्यालय नेपालगन्जका १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जले अपरान्ह ५ बजे प्रकाशन गरेको सूचना अनुसार ११ जना पुरुष र २ जना महिलामा सो संक्रमण देखिएको हो । थप १३ जना सँगै बाँकेमा कोराना भाइरस संक्रिमितको संख्या ९१९ पुगेको छ । त्यसैगरी भेरी अस्पताल नेपालगन्जको पिसीआर ल्याबमा गत २४ घण्टामा गरिएको परीक्षणमा लमही दाङ्गका १ जनामा समेत कोराना भाइरस पुष्टि भएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech