बाँकेमा निशेधाज्ञा मंगलबार सम्म थपियो, शनिवार देखि बढी जोखिमका क्षेत्र सिल गरिने

असल शासन प्रतिनिधि

असल शासन डटकम । बाँकेमा दिन प्रतिदिन कोरोना सक्रमितको सख्या बढ्दै गएपछि जिल्लामा लागु गरिएको निशेधाज्ञा दोश्रो पटक थप गरिएको छ । श्रावण १७ गते शनिवार राति १२ बजेदेखि तिन दिनका लागि जारी भएको निशेधाज्ञा बढाएर पहिलो पटक चार दिन अर्थात शनिवार राति १२ बजे सम्मका लागि थप गरिएको थियो । केही समय अगाडी मात्रै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले आफ्नो फेसबुक मार्फत मंगलबार राती १२ बजे सम्म निशेधाज्ञा थप गरिएको सार्वजनिक गरेका छन् । उनले फेसबुक स्ट्याटस लेख्दै बाँकेको विभिन्न क्षेत्रमा आज ४ बजे सम्म ५१ जनामा संक्रमण देखिएकोले निषेधाज्ञा मंगलबार राती १२ बजे सम्म थप गरिएको छ भनी पोष्ट गरेका छन् ।

यसैगरी नेपालगन्जका उच्च जोखिममा रहेका विभिन्न क्षेत्रहरु शनिवार राति १२ बजे देखि सिल गर्ने प्रशासनले जनाएको छ । कुन कुन क्षेत्र सिलगर्ने भन्ने बिषयमा अझै सार्वजनिक गरेको छैन ।

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • Nabintech