नागरिकता किर्तेमा फरार साईं पक्राउ

असल शासन प्रतिनिधि

बाँके/नागरिकता किर्ते मुद्दामा फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय बाँकेले नागरिकता किर्ते मुद्दामा फरार नरैनापुर गाउँपालिका वडा नं २ गंगापुरका ४० वर्षीय सागर अलि साईंलाई प्रहरीले शनिवार राती पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतबाट ६ महिना कैदसजाय पाएका साईंलाई पक्राउ गरी अदालतमा बुझाइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech