साउन ३१ देखि खुल्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेमा जारी निषेधाज्ञा आगामी शुक्रबार सम्मका लागि थप गरिएको छ । साउन १८ गतेदेखि जारी गरिएको निषेधाज्ञा मँगलवार राती १२ बजे सकिदैछ । मँगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई शुक्रबार राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।
गत आइतबारदेखि तीन दिनका लागि नेपालगन्ज क्षेत्रको सुर्खेत रोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी गरिएको सिल भने बुधबारदेखि हटाउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले शुक्रबार राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।


साउन २८ गतेदेखि अत्याव्यश्यक सेवाहरु र अत्याव्यश्यक प्रकृतीका पसल ब्यवसाय संचालन गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाएर २९ गतेदेखि बैँक तथा वित्तिय संस्थाहरु संचालन गर्ने, ३० गतेदेखि रेडिमेट फेन्सि कपडा पसल र ३१ गतेदेखि सम्पुर्ण पसल, ब्यवसाय लगायतका उद्यम संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । साउन ३१ गतेदेखि जिल्ला भित्र संचालन हुने निजी तथा सार्वजनिक सवारी साधनहरु जोर बिजोर नम्बरका आधारमा संचालन गर्ने, साउन ३२ गतेदेखि सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले आवश्यक पर्ने जनस्वास्थ्य र सुरक्षाका मापदण्ड शुनिश्चत हुने बिधि र प्रक्रिया अवलम्बन गरी सेवा प्रवाह गर्ने र राती ९ बजेदेखि बिहाना ५ बजेसम्म आवागमनमा रोक लगाउने निर्णय भएको उपाध्यायले बताए ।

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech