भन्सार छलिका पान, सुर्ति र युरिया बरामद

असल शासन प्रतिनिधि

नेपालगञ्ज, २७ साउन ।
अबैध पानको पात र सुर्ति सहित बाँके प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ नयाँबस्तिका २६ बर्षिय सोभा कुर्मीलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सुवास खड्काले बताए ।
ईलाका प्रहरी कार्यालय बनकट्टि (ख) बाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा साईकलमा अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको पानको पात र सुर्ति नियन्त्रणमा लिएको हो । प्रहरीले कुर्मीबाट १० डोलि पालको पात र १ प्याकेट सुपर पावर सुर्ति नियन्त्रणमा लिएको थियो । कुर्मीलाई आवश्यक कारबाहिको लागि नेपालगंज भन्सार कार्यालय पठाईएका प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्रहरीले भन्सार छलि गरेर ल्याउदै गरेको युरिया समेत बराबद गरेको छ । सोमबार राति भारतबाट अबैध रुपमा भन्सार छलि गरेर ल्याउदै गरेको १२ बोरा युरिया मल नियन्त्रणमा लिईएको हो । डुडुवा गाउँपालिका वडा नम्बर २ स्थित प्रहरी चौकि बेतहनीको प्रहरी टोलीले नियन्त्रणमा लिएका युरिया मललाई आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय पठाएको जनाएको छ ।

बरामद गरेको युरिया मल

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech