पानको पात बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/भारतबाट अबैध रुपमा भन्सार छली भित्राउदै गरेको पानको पात र सुर्तिजन्य पदार्थ बरामद भएको छ । बाँकेको नरैनापुर गाउँपालिका संगै जोडिएको भारतिय सिमानाबाट आउने क्रममा सो सामान बरामद भएको हो ।
अवैध रुपमा प्रतिबन्धित सामान भित्राउँदै गरेको अवस्थामा एक जनालाई १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति सहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहाना ९ बजेको समयमा चोरी बाटो भएर आउदै गरेको अवस्थामा नरैनापुर गाउँपालिा वडा नं. २ लक्ष्मणपुर प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए । प्रहरी टोलीले बरामद गरेको १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको खड्काले बताए ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech