सवारी पास वितरण नगर्न गृहको निर्देशन

असल शासन प्रतिनिधि

काठमाण्डौं । असल शासन डटकम । देशमा कोरोना सक्रमण पछिल्ला केही दिन यता बढ्न थालेपछि नेपाल सरकारले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्न निर्देशन दिएको छ ।
नेपाल सरकार गृह मन्त्रालयले देश भरीका ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहिवार देखि लागु हुनेगरी सवारी पास वितरण नगर्न निर्देशन गरेको हो । साउन २९ गते बाट लागु हुने गरी अर्को ब्यवस्था नभएसम्मका लागि सवारी पास वितरण नगर्न नगराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेको गृहको पत्रमा उल्लेख छ ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech