बाँकेमा ३० जना कोरोना संक्रमित डिष्चार्ज हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । असल शासन डटकम । बाँके जिल्लामा आज एकै दिन ३० जना कोरोना सक्रमित निको भई घर फर्किने भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आन्तरिक राजश्व कार्यालयका कर्मचारी तथा परिवारका सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी, मिठाई पसले सहित कोरोनामुक्त भएर डिष्चार्ज हुनलागेका हुन् । जिल्ला स्थित विभिन्न स्थानको आईसोलेसनबाट विहीबार ३० जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना जित्नेको संख्या ४ सय ३५ पुगेको छ ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech