शिबको मुर्ती गायव, पुजारी माथि आशँका

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ को नालामा भेटिएको शिवको मूर्ति तिन महिना बित्न नपाउदै पुनः रहस्यमय तरिकाले गायब भएको छ ।
वडा नम्बर ७ स्थित समुदायको बिचमा अवस्थित राम जानकि मन्दिरको अति नै सुरक्षित स्थानमा राखिएको सो मुर्ती रातारात हराएपछि मुर्तीको बिषय बहसको बिषय बनेको हो । कोरोना भाईरसका कारण नेपालगन्जमा निशेधाज्ञा जारी भएकै बेला श्रावण २७ गते सोमबार मन्दिर भित्रबाट मुर्ति चोरी भएपछि आम नागरिकहरुलाई शंसकित बनाएकोछ । मन्दिरको भित्र राम जानकीका अन्य मूर्तीहरु रहेकै स्थानमा राखिएको सो शिवको मूर्ती सम्म पुग्न तिन ओटा गेटहरु खोल्नु पर्ने हुन्छ तर दुई वटा बाहिरी गेट प्रयोगनै नगरी भित्रको तेस्रो गेटको ताला फोडेर मुर्ती चोरी भएपछि सो चोरीमा मन्दिरकै पुजारीको संलग्नता रहेको आशंका गरिएको छ ।
रातिको समयमा मूर्ती चोरी भएको भनिएपनि मन्दिरका बाहिर दुई ओटा गेटहरु सुरक्षित रहेका छन् । गेटबाट प्रबेश नै नगरी कसरी मूर्ती चोरी भयो र मन्दिर भित्रको घरमानै परिवार सहित बसिरहेका पुजारीलाई कसरी थाहा भएन बिषय गम्भिर छ । मंगलबार बिहान मुर्ति चोरी भएको जानकारी प्रहरीलाई भएपछि घट्ना स्थलमा पुगेको प्रहरीले मन्दिरका पुजारी रामजी पाठकसँग आवश्यक सोधपुछ गरेको बताईएको छ । उनलाई प्रहरीले २४ घण्टा नियन्त्रणमा लिई छाडेकोछ । मूर्ती हराएको बिषयमा प्रहरीले मन्दिरका पुजारीसँगको सोधपुछ बाहेक घटनाका बिषयमा खासै चासो नदेखाएको स्थानीयहरुको भनाई छ । सबै सिमा नाका शिल भएको अवस्था र जिल्ला भित्र निशेधाज्ञा रहेको अवस्थामा प्रहरीले सक्रियता देखाएमा हराएको मूर्ती तत्काल भेटिने आशा स्थानियबासिहरुको छ ।
घट्नाका बिषयमा राम जानकी मन्दिका पुजारी रामजी पाठक मूर्तीको चोरी रहस्यमय भएको बताउँछन् । राति ११ बजे मन्दिरका सबै ढोकाहरु बन्द गरेर सुतेको र बिहान साढे चार बजे ढोका खोल्दा मूर्ती नभेटिएपछि प्रहरी र समुदायलाई खबर गरेको उनी बताउँछन् । उनले भने – मूर्ती मात्रै चोरी भयो मूर्तीमा रहेका माला र कपडा मन्दिर मै छन् । मुर्ती राखिएको स्थानको ताला फोडेको र छतमाथिको ढोका खुल्ला भेटिएकोले सोही स्थानबाट चोरी भएको हुनसक्ने आशंका पुजारी पाठककोे छ । उनले घटनाले आफु र आफ्नो परिवालाई समेत असुरक्षीत बनाएको भन्दै घट्नाको सत्यतथ्य छानविन गरि दोषि पत्ता लगाउन प्रहरीले सक्रियता बढाउनु पर्ने माग गरेका छन् ।
पुजारी माथि गरिएको आशँका उनले नकारे । पुजारी पाठक पुख्र्याैली देखि मन्दिरको संरक्षण गर्दै आएको आफुलाई लागेको यस्तो आरोपबाट दुखित भएको बताए ।
यस बिषयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जुमन खाँले मन्दिर भित्रबाट नै मूर्ती चोरी हुनु र मन्दिर भित्र बस्ने पुजारीलाई थाहा नहुनु अपत्यारितो खबर भएको प्रतिक्रिया दिएका छन् । तिन ओटा गेटमा ताला रहेको र ताला नतोडेरै चोरी हुनुले पुजारी माथि आशंका रहेको बताए । नेपालगन्जमा निशेधाज्ञाका बिच चोरीएको मुर्तीको खोजविनमा प्रहरी प्रशासनले सक्रिता नदेखाएको उनको भनाई छ । प्रहरीले चाहेमा मुर्ती तुरुन्तै फेला पर्न सक्ने भन्दै उनले वडा अध्यक्षको हैसियतले घट्नाको यथासक्य छानविन गर्न लिखित जाहेरी प्रहरीकहाँ पठाउने बताए । उता मूर्ती चोरीको घट्नाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो मूर्ती करिब तीन महिनाअघि नेपालगंज ७ को पुरानो स्थल भगवान तलाउको दक्षिण छेउ मा नाला खन्ने क्रममा भेटिएको थियो । उक्त मुर्ती भेटिएको केही दिन पछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित शिव मन्दिरले सो मुर्ती आफ्ना मन्दिरको भएको दावि गरेको थियो । बि.सं. २०७५ सालमा सो मुर्ती हराएको उक्त मन्दिरले जनाएको थियो । तर उक्त मन्दिरले सो मुर्ती लिनका लागि किन पहल गरेन ? भन्ने बिषय पनि गर्भमैं रहेको छ ।
६ किलाकोे सो आकर्षक मूर्ति भेटिए पछि केही समयका लागि तलाउ छेउमै रहेको राम जानकी मन्दिरमा वडा अध्यक्ष, समुदाय लगायतको रोहवरमा मुचुल्कानै उठाई राखिएको थियो । मुर्तीको दिगो ब्यवस्थापनका लागि मुर्ती भेटिएकै स्थानमा मन्दिर निर्माण गर्न स्थानीय बिनोद कश्यपको अध्यक्षतामा मन्दिर निर्माण समिति समेत गठन भईसकेको थियो ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech