बन्द सरकारी कार्यालय आज देखि सञ्चालनमा

असल शासन प्रतिनिधि

बन्द सरकारी कार्यालय आज देखि सञ्चालनमा

नेपालगन्ज । जिल्ला स्थित बढी जनसरोकार राख्ने सरकारी कार्यालय आजबाट खुलेका छन् । कार्यालयका कर्मचारीहरुमा कोरोना सक्रमण देखिएपछि बन्द भएका कार्यालय आईतबार देखि खुलेका हुन ।
नेपालगन्ज उपमहानगरपालिका, यातायात ब्यवस्था कार्यालय, आन्तरीक राजस्व कार्यालय लगायतका कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोलिएका छन। कर्मचारीहरुको कोरोना सक्रमण पुष्टी भएपछि साउन ११ गते बाट बन्द रहेको आन्तरीक राजस्व कार्यालय, साउन १२ गते देखि बन्द गरिएको यातायात ब्यवस्था कार्यालय र साउन १९ गते देखि सुचना नै प्रकाशन गरि शिल गरिएको नेपालगन्ज उपमहानगरपालिका र वडाहरु आजबाट सुचारु भएका छन् ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech