कोहलपुर र जानकी छ दिनका लागि बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका छ दिनका लागि बन्द गरिएको छ । नगरमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै साउन ३२ गते देखि भदौ ५ गते राति १२ बजेसम्म पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ । नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार बन्द रहने नगरपालिकाले जनाएको छ । तर, नगरपालिकाको सो निर्णयलाई कोहलपुर उद्योग बाणिज्य संघले नमान्ने चेतावनी दिएको छ ।
यसैगरी कोहलपुर नगरपालिकाले नगर बन्द गर्ने निर्णय गरेको भोलिपल्ट साउन ३२ गते बाँकेको जानकी गाँउपालिकाले पालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । गाँउपालिकाले सूचना जारी गर्दै पालिका भित्र अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु भाद्र ५ गते सम्म बन्द गरिने जनाएको छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech