कविता – सुशासन

असल शासन प्रतिनिधि

– पवित्रा ओली –

असल छ, पारदर्शि र उत्तरदायी छ
सेवा नै हो लक्ष्य, नजरमा सेवाग्राहि छ ।
लोकतान्त्रिक शासन यो, हो बिधिको शासन
जनताको सन्तुष्टिमा केन्द्रित हुन्छ सुशासन ।

स्वच्छ राजनीति अनि आवधिक निर्वाचन हुने
समावेशी, लोकतान्त्रिक शासन भए सबैको मनछुने ।
जनतासँग सरोकार राख्ने हो यो असल शासन
काममा बढी वास्ता गरौं, सुन्न लायक भाषण ।

निश्पक्ष र सक्षम हुन्छ, न्यायपालिका हाम्रो
अनि हुन्छ पारदर्शिता र जवाफदेहिता राम्रो ।
सबैभन्दा सर्वोच्च छ, जहाँ कानूनी शासन
देशको विकास हुन्छ त्यहाँ, हुन्छ असल शासन ।
– पवित्रा ओली, नेपालगञ्ज

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • Nabintech