ठुलो सख्यामा अवैध सुर्तीजन्य पदार्थ नियन्त्रण

असल शासन प्रतिनिधि

नेपालगन्ज । भारतबाट अबैध रुपमा अवैध नाका हुदै नेपाल भित्र्याईरहेको अवस्थामा ठुलो परिणाममा सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएकोछ ।
पछिल्ला केही दिन यता बाँके प्रहरीले अवैध रुपमा चोरी नाकाबाट भित्रीने सुर्तीजन्य पदार्थ तथा सामानहरु माथि निगरानी पढाएसँगै ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सुवास खड्काले दिएको जानकारी अनुसार साउन ३२ गते डुडुवा गाँउपालिका १ उच्च सन्तलिया स्थित प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको ४ बोरा सुपर पावर सुर्ति, १ बोरा पान मसला, खलिल शाही तम्बाखु १ बोरा, किशोरीलाल तमाखु १ बोरा र जुल मन्जन १ बोरा नियन्त्रणमा एिको थियो । यस्तै भाद्र १ गते भारतबाट नेपाल तर्फ ल्याउदै गरेको १ बोरा बिडी । १ बोरा पान मसला सहितको सबैध सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको बताएको छ । भने भाद्र १ गते नै तेलीयनपुर प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले एमसिवी १ प्याकेट, पंखाको क्याप्सिटर ११ पिस, नट बोल्ट १० प्याकेट, प्लाष्टिक हेन्डल ९ पाकेट, मोसाको ट्युब ७ थान, लेबरिङ्ग पाईप ४ बण्डल, पेन्टीङ्ग ब्रस सानो ठुलो १५ पिस र मोसा १ थान नियन्त्रणमा लिएको थियो । यसरी ठुलो परिमाणमा नियन्त्रणमा लिएको सुर्तीजन्य पदार्थ तथा सामानहरु आवश्यक कार्वाहीका लागि नेपालगन्ज भन्सार कार्यालयलाई पठाएको प्रहरी कार्यालयले जनाएको छ ।
उता अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका डुडुवा गाँउपालिका ३ बनकटवाका ३० बर्षिय विष्णु अहिरलाई प्रक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । पछिल्ला दिनमा प्रहरीले फरार रहेका अपराधी तथा अवैध तस्करीमा संलग्न ब्यत्तिहरुलाई धमाधम पक्राउ गर्न
थालेको छ ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech