सूचनाको हकको प्रयोगले जन विश्वास बढाउछ – बास्कोटा

असल शासन प्रतिनिधि

नेपालगन्ज । १३ औं राष्ट्रिय सूचना दिवसको अवसरमा बास केन्द्रीय कार्यालयले सुशासनका लागि सूचनाको हक कार्यान्वयन र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
कोरोना भाईरसका कारण जुम एप्सका माध्यमबाट भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको बिशेष प्रश्तुतीकरण रहेको थियो । कार्यक्रममा सूचना हकको बारेमा बोल्दै राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको प्रयोगले राज्य प्रणाली प्रति आम नागरिकहरुको विश्वास अभिबृद्धी गर्ने बताए । सूचनाको हक नेपाली नागरिकले पाएको सबैभन्दा महत्वपूर्ण अधिकार भएको भन्दै त्यसको भरपुर प्रयोग गरेमा नागरिकहरुले जान्न चाहेको कुरा पाउने र सेवा प्रदायक निकायले आफुले गरेको गल्ति सुधार गर्र्ने अवसर प्राप्त हुने उनको भनाई थियो । राष्ट्र सेवक कर्मचारीले बफादार भई कानुन अनुसार काम गर्ने हो भने सुशासन कायम हुने उनको भनाई थियो । हरेक सूचना अधिकारीले आफ्नो कार्यालयबाट प्रवाह गर्ने सेवा तथा सुविधाको बारेमा पारदर्शि रुपमा सूचना प्रवाह गरि आम नागरिकलाई आसा जगाउने गरी काम गर्न सबै कर्मचारीहरुलाई बास्कोटाको अनुरोध थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले कार्यालयको काम प्रति आम नागरिकहरु सन्तुष्ट भए भने मात्रै सुशासन कायम हुने कुरा सेवा प्रदायक निकायले ध्यान दिनुपर्र्ने बताए । सूचनाको हकको जति बढी प्रयोग भयो त्यती नै लोकतन्त्र बलीयो हुने भएकाले कार्यालयबाट प्रवाह गर्ने सूचनाको सवालमा कन्जुस्याई नगर्न सबै कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गको अपिल थियो । बाँकेमा सेवाग्राही मैत्री वातावरणको सिर्जना गर्न आफू लागि परेको उनको भनाई थियो । पछिल्लो समय आम नागरिकहरुले सूचनाको हकको प्रयोग उल्लेख्य मात्रामा गर्न थालेको उनको भनाई थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको जुम छलफलमा स्वागत बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका
थिए । अन्तरक्रियाको क्रममा सहभागिहरुले सूचनाको हकको प्रयोगका बिषयमा भएका समस्या तथा जिज्ञासाहरु राखेका थिए जसको जवाफ पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले दिएका थिए । झण्डै २ घण्टा सम्म चलेको अन्तरक्रियामा देश भरीका सूचना अभियन्ता, सरकारी कार्यालयका सूचना अधिकारी, कर्मचारी, युवा लगायत ६५ बढीको सहभागिता रहेको थियो ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech