जनप्रतिनिधिको होटेलमा मदिरा खाएर प्रहरी माथी आक्रमण, दुई हवल्दार घाईते

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, ४ भदौ ।
रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका वडा नम्वर ७ मेलैनाउलीमा मदिरा सेवन गरेका स्थानीय युवाहरुको आक्रमणमा परि दुईजना प्रहरी हवल्दार घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय चौरजहारीमा कार्यरत प्रहरी हवल्दार मोहन परियार र पुर्ण बहादुर थापा माथी बुधबार बेलुका जनप्रतिनिधिकै पसलमा मदिरा सेवन गरेका युवाहरुले आक्रमण गरेर घाईते बनाएका हुन् ।

घाईते प्रहरी हवल्दार मोहन परियारको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ भने अर्का हवल्दार मोहन थापा उपचारपछि ईलाका प्रहरी कार्यालय चौरजहारीको बेडरेष्टमा रहेको बताईएको छ । टाउँकोमा गहिरो चोट लागेका हवल्दार परियारको टाउकोमा ११ ओटा टाँका लगाईएको छ । उनी खतरामुक्त रहेको चौरजहारी अस्पतालका मेडिकल डाईरेक्टर कालेब बुढाले बताए ।

जानकारी अनुसार, चौरजहारी नगरपलिका वडा नम्वर ८ का वडा सदस्य शसिराम बि.क.को मेलैनाउली स्थित नास्तामा पसल उनीहरुले रक्सि खाएका थिए । रक्सिको पैसा तिर्न आनाकानी गरेका उनीहरुले वडा सदस्य शसिरामको श्रीमतिलाई समेत हातपात गरेका थिए । मदिरापान गरेका युवाहरुले आक्रमण गरेको सूचना पाएपछि घटनास्थल पुगेका प्रहरी हवल्दारद्वयलाई लुकेर दाउराको चिर्पट प्रहार गरी घाईते बनाएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह बिष्टले जानकारी दिए ।

चौरजहारी नगरपालिकाले मदिरा बिक्रि बितरण र सेवन कार्य रोक्न बिभिन्न सूचना तथा गतिबिधि गर्दै आएको छ ।

दुई जना पक्राउ
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका वडा नम्वर ३ का टिकाराम वली र वडा नम्बर ८ का बिक्रम घर्तिलाई पक्राउ गरिएको प्रहरी निरिक्षक बिष्टले बताए । घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नम्बर ३ का गोपाल बुढाथोकि र भाष्कर बस्नेत फरार रहेका छन् । उनीहरुको खोजि कार्य भईरहेको प्रहरी निरिक्षक बिष्टले जनाए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरिक्षक ठगबहादुर के.सी.ले आक्रमणमा संलग्नहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने जनाए ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech