भेरि किनारमा लगेर वालिका बलात्कार गर्ने एक युवक पक्राउ

असल शासन प्रतिनिधि

भावना शर्मा / रुकुम पश्चिम, भदौ ८ ।

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ७ कि १३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा सोहि नगरपालिका वडानम्बर १ का १८ वर्षका एक युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सल्यानको कुमाख गाउँपालिकामा रहेको मामा घरबाट घर फर्कर्दै गर्दा ति युवाले उनलाई बाटोमा भेटाएर घरसम्म छोडदिन्छु भन्दै मोटरसाइकलमा लिएका थिए । उनले भेरि नदि किनारमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, प्रहरी निरिक्षक धर्मसिं बिष्टले बताए ।

जवरजस्ती बलात्कार गर्न खोज्दा किशोरी चिच्याएपछि स्थानीय एक महिलाले प्रहरीलाई खवर गरेकि थिईन् । सूचना लगत्तै घटनास्थलमा पुगेर ति युवालाई पक्राउ गरिएको प्रहरी निरिक्षक विष्टले जनाए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • ८ भाद्र २०७७, सोमबार प्रकाशित

  • Nabintech