परीक्षणको दायरा बढाउन माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोभिड १९ संक्रमणमा मानव अधिकार अवस्थाको अनुगमन गर्न गठित जिल्ला स्तरिय अनुगमन समितिको बैठक राष्ट्रिय मानव अधिकार आयोगमा सम्पन्न भएको छ ।

बैठकमा मानव अधिकारको बर्तमान अवस्था र समितिले गरेका कार्यहरुका बारेमा छलफल भएको थियो ।

अनुगमन समितिको बैठकले कोरोना संक्रमित ब्यक्तिलाई १४ दिन आईसोलेसन केन्द्रमा बसे पश्चात पुन परीक्षण बिनै घर पठाईएको प्रति ध्यानाकर्षण भएको जनाउँदै पिसिआर परीक्षणमा नेगेटिव देखिए पछि मात्रै घर पठाउन उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
दिनानुदिन कोरोना संक्रमण फैलिदै गरेको अवस्थालाई मध्यनजर राख्दै अझ बढी स्वास्थ्य सतर्कता अपनाउन, मापदण्ड बमोजिमको आईसोलेसन र क्वारेन्टाईनको ब्यवस्थापन मिलाउन बैठकले जोड दिएको छ ।

कोभिड १९ को संक्रमण फैलिएको अवस्थामा बिशेष गरि ब्यक्तिको मानव अधिकार, स्वास्थ्य, शिक्षा, लगायतका ब्यक्तिको आधारभुत अधिकार उपभोगमा असर परेको छ ।

यसै गरि लकडाउनले न्याय क्षेत्रमा समेत प्रभाव पारेको छ । कतिपय न्याय पाउने अधिकारबाट बन्चित हुन पुगेका छन् ।

समितिका संयोजक नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरु राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, नेपालगञ्ज उच्च बारका अध्यक्ष बिकास आचार्य, जिल्ला बार इकाइ अध्यक्ष मोहम्मद अयूव सिद्धिकी, अधिकारकर्मी वसन्त गौतम र रबिन्द्र कर्ण लगायतको सहभागिता रहेको थियो ।

समितिको बैठकले मानव अधिकारका बिषयमा निरन्तर अनुगमन गर्ने निर्णय गर्दै बाँके स्थित आईसोलेसन र क्वारेन्टाईन केन्द्रहरुको पछिल्लो अवस्थाका बिषयमा अनुगमन गर्ने निर्णय गरेको छ ।

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech