प्रशासन प्राङ्गणमा बृहत रक्तदान

असल शासन प्रतिनिधि

नेपालगन्ज । भाद्र १० गते । बाँकेमा रगतको अभाव भईरहेका बेला जिल्ला स्थित निजामति कर्मचारीको सहभागितामा आज बृहत रक्तदान गरिएको छ ।
कर्मचारी मिलन केन्द्रको आयोजनामा गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा १०८ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ को माहामारीका कारण रगतको अभाव भएका बेला गएिको रक्तदान कार्यक्रमले रगतको अभावमा रहेका विरामी लाई सहज हुने छ । जिल्ला स्थित रास्ट्रसेवक कर्मचारीहरुले प्रशासन कार्यालयको प्राङ्गणमा रत्तदान गरेका थिए । आज विहान ९ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम दिउसो सम्म चलेको थियो । रगत अभावको बेला उत्साह जनक रुपमा रक्तदान गर्ने कर्मचारीहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले धन्यबाद ज्ञापन गरेका छन् ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech