भारतीय नागरिकलाई नेपाल प्रवेश गराउन खोज्ने वडा अध्यक्ष पक्राउ

असल शासन प्रतिनिधि

धनगढी । भाद्र १० । कोरोना महामारिका बिच भारतीय नागरिकलाई नेपाल प्रबेश गराउन खोज्ने एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरलाई भारतीय नागरिक नेपाल प्रबेश गराउन खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको त्रिनगर नाकाबाट वडा अध्यक्षले आफ्ना ससुराली तर्फका २ महिलालाई धनगढी प्रबेश गराउन खोजेका थिए । उनले विना चेकजाँच नेपाल प्रवेश गराउन खोज्दा प्रहरीले रोकेपछि वडा अध्यक्ष ऐरले नाकामै हो–हल्ला गर्न थाले पछि प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ । भाद्र ९ गते साझँ पक्राउ परेका अध्यक्ष ऐरले मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ । कोरोना रोकथामका लागि जनप्रतिनिधिहरुले प्रहरीलाई सहयोग गर्नुको साटो उल्टै विना चेकजाँच जवरजस्ति नेपाल प्रबेश गराउन थालेका अध्यक्ष माथि आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech