कोभेड १९ तथा विपद् जोखिम न्यूनिकरण कार्यशाला शुरु

असल शासन प्रतिनिधि

छविलाल सुनार । नेपालगन्ज । भाद्र १० गते । कोभेड १९ तथा विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला आज देखि शुरु भएको छ ।
कार्यशालामा दलित महिला संघको आयोजनामा बाँकेका डुडुवा, खजुरा र बैजनाथ गाँउपालिकाका दलित अगुवा महिलाको सहभागितामा कार्यशाला सञ्चालन भएको हो । कार्यशालाको पहिलो दिन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोभेड १९ फोकल पर्सन नरेशवावु श्रेष्ठले कोरोना भाईरसको परिचय, यसको प्रभाव, असर, व्यवस्थापनकालागि चालेका कदम, बच्ने उपाय लगायतका बिषयमा सहजिकरण गरेका छन् । यसैगरी विपद् जोखिम न्यूनिकरण का विभिन्न बिषयमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना अधिकृत गौरीलाल बुढाथोकीले सहजिकरण गरेका थिए भने नेपाल रेडक्रस सोसाईटि कचनापुर उपशाखा सदस्य सुशिल चौधरीले विपद् जोखिमको अवस्था, विपद् पूर्व तयारी तथा प्रतिकार्यको अवस्था र जिल्लामा बर्षेनि हुनेगरेका बिपद व्यवस्थापनका लागि सरोकारवालाले खेलेको भूमिकाका बिषयमा जानकारी गराएका थिए । कार्यशालामा विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन ऐन २०७४, संवैधानिक ब्यवस्था, संघ, प्रदेश र स्थानिय तहमा भए गरेका कामहरुको वारेमा छलफल भएको थियो ।
दलित महिला संघका संयोजक दिलिसा गौतमले संचालन गरेको कार्यशालाको उदेश्यमाथि प्रकाश अध्यक्ष निर्मला सुनारले गरेका थिए । कार्यशाला भोली सम्म चल्नेछ ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech