दैलेखका ११ वटै स्थानीय तहसँग सूचना माग

असल शासन प्रतिनिधि

दैलेखका ११ वटै स्थानीय तहसँग सूचना माग

नेपालगन्ज/ दैलेखका ११ वटै स्थानीय तहहरुसँग बिभिन्न विषयमा सूचना माग गरिएको छ । कोरोना भाईरस संक्रमण नियन्त्रण तथा ब्यवस्थापनमा भएको खर्च लगायतको विषयमा देशै भरीका स्थानीय तहरुसँग सूचना माग गर्ने अभियान अन्तर्गत दैलेखका स्थानीय तहसँग सूचना माग गरिएको हो ।
लामो समयदेखि सूचनाको हक तथा सुशासनको क्षेत्रमा काम गर्दै आएका नेपालगन्ज वडा नं. १० बस्ने मन भण्डारीले सूचनाको हक सम्बन्धिको ऐन २०६४ को दफा ३ बमोजिम अध्यान प्रायोजनका लागि बुधबार दैलेखको ठाँटिकाँध गाउँपालिका बाहेक दश स्थानीय तहसंग इमेल मार्फत सूचना माग गरेका हुन् । भण्डारीले ठाँटिकाँध गाउँपालिकासँग यस अघि नै सूचना मा गरिसकेका छन् ।
भण्डारीले पालिकाबाट कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा ब्यवस्थापनमा हाल सम्म बिभिन्न शिर्षकमा भएको खर्च विवरण, पालिकाको आ.व. २०७६÷०७७ मा सुशासन, सामाजिक जवाफदेहिता र सूचनाको हकको क्षेत्रमा भएका कार्यक्रम र सोको खर्च विवरण, पालिकामा हाल सम्म सम्पन्न भएका सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण कार्यक्रम सङ्ख्या र सो कार्यक्रम कुन संस्थाको सहजिकरणमा सम्पन्न भएको थियो सोको विवरण, पालिकाको सूचना अधिकारी र गुनासो सुन्ने अधिकारको नाम र सम्पर्क नम्बर उपलब्ध गराइ पाउँ भनी सूचना माग गरेका छन् ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech