भ्वाईसमा ओविराज

असल शासन प्रतिनिधि

नेपालगन्ज । भाद्र १२ । सिमान्तकृत र लोपउन्मुख समुदायका लागि क्रियाशिल संस्था भ्वाईस नेपालगन्जको चौथो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
शुक्रबार नेपालगन्जमा भएको संस्थाको अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो । यसरी चयन भएको नेतृत्वको अध्यक्षमा ओविराज आचार्य, उपाध्यक्षमा बिशाल बिक्रम बर्मा, महासचिबमा मन भण्डारी, सचिबमा पिङकी शाह र कोषाध्यक्षमा बिवेक पराजुली रहेका छन् । यसैगरी संस्थाको सदस्यहरुमा क्रमशः हेमराज भट्ट, शोभा थापा मगर, मधु पौडेल, रामु चिडिमार, पूर्ण ढकाल, रज्जवअली वागवान, टेकराज जैसी, कबिता पौडेल र रामरुप कौषल चयन भएका छन् । अधिबेशनले भ्वाईको सल्लाहकारमा गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष तथा भ्वासका संस्थापक अध्यक्ष नमस्कार शाहलाई मनोनित गरेको छ । १६ सदस्य चयन भएको कार्यसमितिको बैठकले एक जना सदस्य मनोनित गर्ने भ्वासका निर्वाचित अध्यक्ष ओविराज आचार्यले बताए ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech