गजल

सृजना देवकोटा

गजल

लाग्छ, हरचिज बिक्रि हुन्छ यहाँ पैसाको सामु
किन्ने भए कसैले उसको आफ्नोपन बिक्रिमा छ

देशमा हरदिन नारी अस्मिता लुटिएको सुनेपछि
सानीनानीले सोच्दिहुन्, मेरो बालापन बिक्रिमा छ

सर्टिफिकेटसँग साटेर कहिले ऋण दिन्छौ सरकार ?
भोको पेटको लागि हाम्रो आत्मसम्मान बिक्रिमा छ

नातावाद, कृपावाद अनि भ्रष्टाचारले सिमा नाघेपछि
न्याय र स्वभिमानसँगै देशको प्रशासन बिक्रिमा छ ।

– सृजना देवकोटा, रुकुम पश्चिम (हाल : नेपालगञ्ज)

  • १४ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech