कविता – गर्भबाट आमालाई छोरीको चिठी

तिमीलाइ थाहा त हुनेछ बलात्कारपछि हत्या भएको छ भन्ने कुरा तरपनी हुनेवाला केही छैन, न तिमी न्याय पाउनेछौ, न मेरो आत्माले शान्ति, न हत्याराले सजाय

भावना शर्मा

प्रिय् आमा !यो अध्यारो भित्री दुनियाँबाट सेवा ढोग
सानो अनुरोध गरेकी छु सकेसम्म
स्वीकार गर्देउ है ?

आमा,
म तिम्रो गर्भमा रहुन्जेल त
तिमी खुसी हुनेछौ
बाबाले पनि तिमीलाई खुबै माया गर्नेछन्
किनकि बाबालाई तिम्रो गर्भमा छोरोको आशा छ !
तर,
म जुनदिन त्यो खुल्ला धर्तिमा प्रवेश गर्छु नि
तिम्रो पुरै ओठको हाँसो गुम्ने खतरा छ
किनकी, बाबाको छोरा पाउँने आश त्यही समाप्त हुनेछ
जुन दिन म छोरी भएर जन्मने छु ।
अनि,
बाबाको तिमीलाई हेर्ने नजर,
तिमीलाई गर्ने मायामा फरकपन आउने छ
म जन्मेकै कारण
तिम्रो मनमा खिन्नता आउँनेछ
बाबाको त्यो व्यवहारको कारणले
अनि त, छोरा नजन्मेकै कारण
बाबाले तिमिलाइ एक्लै पारेर
अर्को बिहे गर्नेछन
तिम्रो जीवनमा ठूलो बज्रपात आउँने छ
तिमी, असाध्यै दुखी हुनेछौ
तरपनि आमा,
त्यही दुखको बाबजुद
मेरो स्याहारमा कमि ल्याउने छैनौ
जब, मलाइ निकै दुख कष्ट गरि हुर्काउनेछेउ नि
यो समाजका दानवरुपी मान्छेले
मलाइ गिद्दे नजर लाउन थाल्नेछन

एकदिन,
मलाइ घरमा एक्लै छोडेर
तिमी निक्लिनेछौ बाहिर
त्यहिबेला म दानवहरुको आक्रमणमा पर्नेछु
चिच्याउँदा पनि म हुनेछु ‘बलात्कृत’
मारेरै छोड्नेछन- यौन पिपासुहरुले
जब, तिमी घर आउछेउ
मलाइ वरपर बोलाउनेछेउ
छोरी छोरी भन्दै
तर अन्तिमसम्म पनि म नबोल्दा
मलाइ खोज्नेछौ र मेरो लास पाउनेछौ
तिमी हालबेहाल हुनेछौ
रुने कराउने छौ
कसरी भयो यो भन्दै
तिमीलाइ थाहा त हुनेछ
बलात्कारपछि हत्या भएको छ भन्ने कुरा
तरपनी हुनेवाला केही छैन
न तिमी न्याय पाउनेछौ
न मेरो आत्माले शान्ति
न हत्याराले सजाय
उल्टै मेरो लाशमाथी राजनिती हुनेछ
हत्यारा पत्तै नलागी जोगिने छन ।
तिम्रो मन झन कहिल्यै खुसी हुने छैन
तिमी मलाई सम्झिरहने छौ
बरु,
यो सब हुनेवाला छैन आमा तिमिले मलाइ

यहि अँध्यारो संसारबाट सिध्याइदिएपछी
त्यसैले आमा मलाइ गर्भमै मारिदेउ !
बिन्ति आमा मारिदेउ !
……. उहीँ तिम्रो
अँध्यारो संसारको सन्तती

– रुकुम (पश्चिम)

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech