पेट्रोलको मुल्य बढ्यो

असल शासन प्रतिनिधि

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजे देखि लागु हुनेगरी प्रति लिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले सूचना जारी गर्दै जानकारी गराएको छ ।
भारतीय आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य वृद्धि भएर आएका कारण नेपालमा पनि पेट्रोलको मूल्य बढाउनु परेको आयल निगमले जनाएको छ । प्रतिलिटर २ रुपैयाले भएको बृद्धि सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ कायम भएको छ । डिजेल, ग्यास लगायतका अन्य इन्धनको मूल्यमा भने कुनै हेरफेर नगरिएको निगमले जानकारी दिएको छ ।

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech