शुक्रबार बिहानै जिप दूर्घटना

असल शासन प्रतिनिधि

धनगडी । भाद्र २६ गते । सुदुरपश्चिम प्रदेशको डोटीमा आज बिहानै जिप दूर्घटना भएको छ ।
बिहिवार साझ धनगडिबाट अछामका लागि छुटेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार विहान डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर १ श्रीमामा दूर्घटना ग्रष्त भएको हो । जम्मा १४ जना यात्रु रहेको सो जिपमा रहेका १२ जना दूर्घटनामा परि घाईते भएको प्रहरीले जनाएको छ । यसरी घाइते हुनेहरू अछामको मेल्लेख गाउँपालिकाका दानी टमटा, रूपबहादुर खड्का, राजेन्द्र बम, धनबहादुर शाह, नरबहादुर रावल, कमला खड्का, दानसिँह टमटा, सपना टमटा, मनसारा टमटा, संकर टमटा, पारस टमटा रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दानसिँह टमटाको अवस्था गम्भीर रहेको बुझिएको छ। घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । घुम्ती सडकका कारण दूर्घटना भएको प्रारम्भीक अनुमान गरिएको भएपनि जिप चालक हाल सम्म सम्पर्कमा नआएका कारण दूर्घटनाको कारण थाहाँ भएको छैन । चालकको खोजी भईरहेको बताईएको छ ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech