ठुला भ्रष्टाचारका मुद्धामा निर्मम कार्वाही गर्न आयोगको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

काठमाण्डौं । भाद्र २८ ।
भ्रटाचार बिरुद्धको बिश्व व्यापी संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलको नेपाल च्याप्टरले ठुला भ्रष्टाचारका मुद्दाहरुमा सक्रियता बढाउन अख्तियारको ध्यानाकर्षण गराएको छ ।
आईतबार एक बिज्ञप्ती जारी गर्दै टीआई नेपाका अध्यक्ष खेमराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्बन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखिएको समाचारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदका विभिन्न चारवटा संसदीय समितिहरु, महालेखा परिक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पु¥याएको प्रतिवेदन सार्वजनिक गरेकोमा थप अनुसन्धान गरी दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अरब रुपैया भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता, ईमान्दारिता र नैतिकतामा समेत प्रश्न उठेको बताएको छ ।

निष्पक्षता र निर्भिकता पूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टिगर्न निकै गाह्रो पर्ने टीआईको भनाई छ । पछिल्लो समय एक पछि अर्का घट्नाका कारण कमजोर बन्दै गएको आयोगले आफ्नो साख जोगाउन ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु आवश्यक रहेको बताएको छ ।
टीआईले बिज्ञप्तीमा हालै तामेलीमा राखेको भनिएको आयल निगमको जग्गा खरिद प्रकरणको फाईल व्यँुत्याएर त्यसमा र हाल आयोगमा अनुसन्धानका क्रममा रहेका वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडि जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालिन मंत्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरुलाई अदालतको कठघरामा पु¥याओस भनी माग गरेको छ ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech