नेपालगञ्जका दुई स्थानमा फुड बैंक

असल शासन प्रतिनिधि

नेपालगञ्ज । २०७७ भाद्र ३१ गते । हुनेले दिऔं, नहुनेले लैजाऔं भन्ने उद्धेश्यका साथ नेपालगन्जमा फुड बैंक स्थापना गरिएको छ । कोरोना भाईरसका कारण लक डाउन बढ्दै जाँदा रोजगारी, मजदुरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक स्थापना गरिएको हो ।
गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको हलमा स्थापित फुड बैंकको औपचारिक उद्घाटन नेपालगञ्ज
उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा गरे । उनीहरुले रिबन काटेर बैंकको उद्घाटन गरेका हुन् । काँरकाँदौ र अस्पताल रोडमा गरि २ स्थानमा आज देखि फुड बैंक स्थापना भएका छन् । फुड बैंक उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले गरिव, असहायहरुको सहयोगका लागि फुड बैंक स्थापना भएको भन्दै बैंकले चुलो निभेकाहरुका लागि मलहम पट्टि लगाउने आशा व्यक्त गरे । उनले परोपकारी भावनाका साथ स्थापना भएको फुड बैंकको स्थापना अनुकरणिय प्रयास भएको बताए । उनले फुड बैंकका लागि ५ लाख बरावरको खाद्यान्न सहयोग उपमहानगरपालिकाको तर्फबाट गर्ने निर्णय भएको जानकारी दिदै भने–त्यस बाहेक केही खाद्यान्न आजै सहयोग गरिसकेकाछौं । उनले फुड बैंकका लागि १ महिना बरावरको तलब, भत्ता बाफतको रकम रु. ५० हजार सहयोग गर्ने घोषणा समेत गरे ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले फुड बैंक गरिवहरुको सहयोगी हुने अपेक्षा राखिन् । उनले भनिन्–फुड बैंकको दिगो बिकासका लागि नेपालगञ्ज उपमहानगरपालिका संस्थागत सहकार्य गर्न तयार रहेको बताईन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले फुड बैंकका लागि आवश्यक सहयोग गर्ने बताए ।
फुड बैंक सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फुड बैंकका सहसंयोजक डाक्टर बिनोद कर्णले गरेका थिए । सोही कार्यक्रममा गैसस महासंघ नेपाल र जिल्ला युवा क्लब सञ्जाल बाँकेद्वारा प्रकाशित युवा नामक स्मारिका बिमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा सो पुस्तक बिमोचन गरेका थिए ।
आज देखि गैर सरकारी सस्था महासँघ नेपाल बाँके शाखाको हल, अस्पताल रोड र जयपृथ्वी सहकारी संस्थाको कार्यालय काँरकाँदौ चौकमा गरि दुई स्थानमा फुड बैंक सञ्चालनमा आएका छन् । अस्पताल रोडको बैंकको संयोजन, व्यवस्थापन बासले गर्नेछ भने काँरकाँदौमा रहेको बैंकको व्यवस्थापन, संयोजन रोटरी क्लब अफ नेपालगञ्जले गर्नेछ ।
यस अगावै दुईवटै बैंकको सञ्चालक तथा व्यवस्थापनका लागि गैर सरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा समिति गठन गरिएको थियो । जसको सह–संयोजकमा रोटरी क्लब अफ नेपालगन्जका अध्यक्ष डा. बिनोद कर्ण रहेका थिए भने सदस्यहरुमा बासका हेमराज भट्ट, ईन्प्रोकका तेज बिक्रम शाह, पूर्ण तारा फाउण्डेसनकी तारा रोकाया, भ्वाईस नेपालगञ्जका विशाल बिक्रम, आईएचआरसिका बिश्वजित तिवारी, व्यवसायी बिन्दु चर्ती मगर, विनि टण्डन, शक्ति समूहकी निर्मला पौडेल, हरित अभियानका हेमन्तराज काफ्ले, नेपालगञ्ज जेसिसका प्रकाश कुँवर, व्यवसायी बिजय गुप्ता, गैसस महासंघ नेपालका चन्द्र प्रसाद तिमिल्सिना, रोटरी क्लब अफ नेपालगन्जका बिमल प्रधान, लोकेन्द्र बहादुर चन्द, व्यवसायी अनिश जसगढ, कलाकार कमल बि.के. निर्माेही र दलित महिला संघकी निर्मला सुनार रहेका छन् ।
यसैगरी फुड बैंकको दिगो व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको थियो । समितिका सदस्यहरुमा उप–प्रमुख उमा थापा मगर, उप–महानगरपालिकाका २३ ओटै वडाका अध्यक्षहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रबक्ता टंक धामी, नेपालगञ्ज उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष नन्दलाल बैष्य, अधिकारकर्मी रबिन्द्र कर्ण, नेपाली काँग्रेशका नगर सभापती प्रसान्त बिष्ट, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देबकोटा, राप्रपाका नगर संयोजक चेत बहादुर घर्तीमगर, नेकपाका नगर अध्यक्ष डिल्ली बराल, समाजबादी पार्टीका नगर अध्यक्ष श्रवण यादब र समाजसेवी प्रवेज अली सिद्धिकी रहेका छन् ।

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech