शैक्षिक संस्थाहरु सञ्चालन नगर्न नगराउन सबै स्थानीय तहलाई अनुरोध

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज ४ गते ।
बाँके जिल्लाका स्थानीय तहहरुले बिद्यालय सञ्चालन गर्ने निर्णय गर्न थालेपछि शिक्षा विकास तथा समन्वय ईकाई बाँकेले तत्काल शैक्षिक संस्थाहरु सञ्चालन नगर्न नगराउन सूचना जारी गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद को भदौ २९ गतेको निर्णाय र जिल्ला प्रशासन कार्यालय बाँकेको असोज १ गतेको आदेश अनुसार अर्को सूचना जारी नहुँदा सम्म विद्यालय संञ्चालन नगर्न इकाइ प्रमुख राम सुरेश यादबद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार बाँके जिल्लाका आठ ओटै स्थानीय तहहरुलाई विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचनाबाट तोकिएको मितिदेखी मात्र संञ्चालन गर्ने भनी उल्लेख भएको हुदा सोही अनुसार गर्न गराउन भनी अनुरोध गरिएको छ ।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech