सामाजिक सेवा दिवसमा रक्तदान

कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले प्रमाण पत्र तथा टिसर्ट प्रदान गरेका थिए ।

असलशासन न्युज

४१औं सामाजिक सेवा दिवसको अवसरमा आज नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ ।
सामाजिक क्षेत्र राष्ट्रिय गौरब नाराका साथ गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाको आयोजना तथा विभिन्न संघ सस्थाहरुको सहकार्यमा नेपालगन्ज स्थित रक्त सञ्चार केन्द्रमा सो रक्तदान कार्यक्रम गरिएको हो । विहान ८ बजे देखि शुरु भएको रक्तदान कार्यक्रममा गैर सरकारी संस्था महासँघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, बासका निर्देशक हेमराज भट्ट, गैसस महासँघ बाँकेका सदस्य बिष्णु सिंह ठकुरी, जानकी गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश कुमार बर्मा, लक्ष्मण प्रशाद हरिजन, राजेश कुमार बर्मा, बिमल चन्द, लोक बहादुर घर्ती, तारा रोकाया, अनिल थापा मगर, विनक लाल मकडबरिया लगायत ३५ जनाले रक्तदान गरेका छन् ।
दिवसको अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले प्रमाण पत्र तथा टिसर्ट प्रदान गरेका थिए । रक्तदान कार्यक्रम एक्सनएड नेपाल, सेभ द चिल्ड्रेन नेपाल, प्लान ईन्टरनेशनल, बास नेपालगन्ज, सामाजिक विकास मञ्च र सन नेपाल लाईफ ईन्सुरेन्सको सहयोग तथा सहकार्यमा भएको रक्तदान कार्यक्रमका संयोजक तथा गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

 

  • ६ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech