सुरक्षित आप्रवासी स्रोत केन्द्र संचालनमा

असल शासन प्रतिनिधि

बाँकेको दुइ स्थानमा सुरक्षित आप्रवासी स्रोत केन्द्र संचालनमा आएको छ । वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) कोहलपुरद्धारा संचालित सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालय बाँके र इलाका प्रशासन कार्यालय कोहलपुरमा सो स्रोत केन्द्र संचालनमा आएको हो ।


नेपाल सरकार र स्विस सरकारको दुइ पछिय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) द्धारा बाँकेको नेपालगञ्ज उप—महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा सो सामी परियोजना संचालित छ । परियोजना संचालन भएका स्थानीय तहका बैदेशिक रोजगारमा जान चाहाने नागरिकहरुको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सहयोग गर्ने उद्देश्यले सुरक्षित आप्रवासी स्रोत केन्द्र संचालन गरिएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बताए ।
जिल्ला प्रशासन कार्यालय बाँके र इलाका प्रशासन कार्यालय कोहलपुरमा संचालित स्रोत केन्द्रबाट वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचनाको पहुँच स्थापित गर्ने, वैदेशिक रोजगारीको क्रममा ठगी वा शोषणमा परेका पिडित आप्रवासी कामदारलाई कानुनी उपचार तथा यस सम्बन्धि अन्य सेवाहरु प्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा पिडामा परेका कामदार तथा उन्का परिवारलाई सामाजिक सहयोग प्रदान गर्ने सेवाहरु प्रदान गरिदै आएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले श्रम गन्तब्य मुलुका रोजगारदाताहरुबाट मान्यता प्रप्त सिपको लागि मान्यता प्रप्त संघसंस्थामा रिफर गर्ने, कोरोना भाइरसको महामारीमा बैदेशिक रोजगारीको क्रममा आउने कम्पनी बन्द, खान बस्न समस्या, तलब नपाएको, बिरामी पर्ने जस्ता समस्याहरुको सम्बोधनका लागि राजदुतावास लगायत अन्य सम्बन्धित निकायसंग समन्वय गर्ने लगायतका सेवा स्रोत केन्द्रबाट प्रदान गरिदै आएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेको स्रोत केन्द्रमा २ जना र इलाका प्रशासन कार्यालय कोहलपुरमा १ जना कर्मचारीले नियमित सेवा दिइरहेको रोकायको भनाइ छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech